Timro Jasto Mutu Mero Pani - Narayan Gopal


Timro Jasto Mutu Mero Pani - Narayan Gopal
Lyrics
तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठूरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि

तिमीलाई अंगाली कता कता भागी जाने धोको मेरो पनि
तर पाँउमा दस्तूरको तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभए पनि तिमी सितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निष्ठूरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि

देवता त होइन म पनि धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठूरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि

गीतकार: गोपाल योञ्जन
संगीतकार: गोपाल योञ्जन +कर्म योञ्जन
स्वर: नारायण गोपाल

Share :

Facebook x
Back To Top

facebook

Powered by Blogger.